काठमाडौँ, ३२ असार । सुडानमा जातिय दङ्गाका क्रममा शुक्रबार ३१ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएको छ ।
देशका केही ठाउँमा जातीय दङ्गा मच्चिदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने अरु ३९ जना घाइते भएका छन्, सुरक्षा समितिले जारी गरेको वक्तव्यमा लेखिएको छ ।
झडपका क्रममा १६ पसल क्षतिग्रस्त भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिइसकेका छन भने केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेका छन् ।
ब्लु नाइल प्रदेश अन्तर्गत पर्ने अल डामाजिन र अल रुसाइरिजमा त्यहाँको समय अनुसार साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको हो । सुरक्षा समितिले घटनास्थलमा कर्फ्यु आदेश जारी गरेको छ ।




