काठमाडौं, असार ३१ । आईजीपी नियुक्ति विरुद्धको रिटमा विश्वराज पोखरेलका वकिलले जवाफी बहस सकेका छन् । पोखरेल पक्षका वकिलको जवाफी बहस सकिएसँगै फैसला आजै आउने भएको छ । निवेदक एआईजी विश्वराज पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले जवाफी बहस गरेका हुन् ।
गत वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।




