चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले छिट्टै चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ : प्रचण्ड

`

     २०७९ आषाढ ३१ गते २:०३

काठमाडौँ, ३१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चीन भ्रमण समेत छिट्टै हुने बताएका छन् । भारत जाने क्रममा प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग यस्तो बताएको हो ।

‘अस्ति चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले कोभिडको करिब करिब अन्त्यतिर जाँदै छ । तपाई छिट्टै चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ’, प्रचण्डले भने, ‘मैले चीन भ्रमणमा आउँछु भनेको छु । यसअघि मैले तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्रासँग भारत भ्रमणमा आउने कुरा गरेको भने । त्यसरी नै चीन भ्रमणमा आउने कुरा भएको छ । मलाई लाग्छ मेरो छिट्टै चीन भ्रमण हुनेछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?