श्रीलंकाली राष्ट्रपति गोटाबायालाई सिंगापुर लैजान एउटा निजी जेट मालदिभ्स पुगे

`

     २०७९ आषाढ ३० गते १:०७

काठमााडैँ, असार ३० । देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सिंगापुर लैजान एउटा निजी जेट मालदिभ्स पुगेको छ । १ निजी जेट माल्दिभ्सको राजधानी मालेमा केही समयअघि अवतरण गरेको र राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुरको लागि प्रस्थान गर्ने तयारीमा भईरहेको डेली मिररले बताएको छ ।

राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरु गत राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमानमा चढ्ने तयारीमा थिए ।

त्यसपछि राजापाक्षेले सिंगापुर प्रस्थान गर्न निजी जेटको लागि अनुरोध गरेका थिए । माल्दिभ्सका अधिकारीहरूले राति अबेरसम्म छलफल सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?