काठमाडौँ, ३० असार । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाको बैठकमा बोल्दै विवाद भएपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा गरेर पद छोड्नुपर्ने बताएका छन् ।
‘हाम्रो राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी हुनुहुन्छ । उहाँ सर्ट फर्ममा एम अधिकारी हो कि भन्ने चर्चा छ । नेकपा एमालेको अर्थ तथा योजना विभागको एक जना सदस्य जो ७३ सालमा महाप्रसाद अधिकारीको नाममा हुनुहुन्थ्यो । त्यही महाप्रसाद अधिकारीको नाममा भएको व्यक्ति अहिले एम. अधिकारीमा रुपान्तरण भएर अर्थ तथा योजनाविद भनेर राखिएको छ’, श्रेष्ठले प्रश्न गर्दै भने, ‘अहिले प्रश्न मात्रै होइन सवैजसोको बुझाई छ कि उहाँ नै त होला । त्यही जिल्लाको एम अधिकारी को होला त अरु ? त्यस्तो चर्चा छ । ’




