काठमाडौं, असार ३० । आज सुन–चाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजसुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजोको तुलनामा आज सुन प्रतितोला ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको हो । बुधबार सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।




