रुसले युक्रेनमा हमला गर्दा श्रीलङ्कामा सङ्कट आयो : जेलेन्स्की

`

     २०७९ आषाढ ३० गते ११:३१

काठमाडौँ, ३० असार । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमणका कारण खाद्यान्न उत्पादनमा अवरोध हुँदा श्रीलंका र विश्वभर अशान्ति निम्तएको टिप्पणी गरेका ।

आपूर्ति श्रृंखलामा अवरोधका कारण खाद्यान्न र इन्धनको अभाव भोगिरहेका धेरै देशहरूले रुसी एजेन्डालाई फाइदा पुर्याएको उनले बताए ।

श्रीलंकाको संकटलाई प्रकाश पार्दै उनले भने, ‘खाना र इन्धनको स्तब्ध पार्ने मूल्यवृद्धिले सामाजिक विस्फोट भयो । यसको अन्त्य कसरी हुन्छ कसैलाई थाहा छैन ।’

युक्रेनको युद्धले ९४ देशहरूमा अनुमानित १ दशमलब ६ अर्ब मानिस वित्त, खाद्य, वा ऊर्जा संकटमा छन् ।

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रप्राप्त गरेपछि पहिलो पटक अभूतपूर्व आर्थिक संकट सामना गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?