लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपमा छिट्टै नै नयाँ फिचर आउने

`

     २०७९ आषाढ २८ गते १:०४

काठमाडौं, असार २८ । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपमा छिट्टै नै नयाँ फिचर आउने भएको छ । यो फिचर सुरु भएसँगै अब ह्वाट्सएप प्रयोगकर्ताले आफ्नो एउटै अकाउन्ट २ वटा मोबाइल फोनबाट चलाउन सकिने छ ।

केही समय अगाडि मात्रै च्याट प्लेब्याक तथा अन्डु डिलिट जस्ता फिचर सुरु गरेको ह्वाट्सएपले दुईवटा फोनमा एउटै अकाउन्ट चलाउन मिल्ने फिचर ल्याउन लागेको ले जनाएको छ ।

ह्वाट्सएपका फिचरहरु ट्रयाक गर्ने वेबसाइट का अनुसार ह्वाट्सएपले १ भन्दा बढी स्मार्टफोनमा आफ्नो ह्वाट्सएप अकाउन्ट १ साथ लगइन गर्ने र अन्य डिभाइसमा च्याट हिस्ट्रीलाई तुरुन्तै सिंक गर्ने सुविधा दिनेछ ।

हाल ह्वाट्सएप प्रयोगकर्ताले एउटा स्मार्टफोनसँगै डेस्कटप कम्प्युटर तथा ल्यापटप गरी अन्य तीनवटा डिभाइसमा एउटा ह्वाट्सएप अकाउन्ट लगइन गर्न सक्दछन् ।। प्रयोगकर्ताहरुले एकभन्दा धेरै मोबाइल फोन चलाउने भएपनि एक पटकमा एउटा मोबाइलमा मात्र ह्वाट्सएप अकाउन्ट लगइन गर्न सक्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?