गायिका जोशीले अमेरिकी गायक जेसनको गीत चोरीको आरोप

`

     २०७९ आषाढ २४ गते ३:५४

काठमाडौं, असार २४ । गायिका इन्दिरा जोशीलाई गीत चोरीको आरोप लागेको छ । उनले केही दिन अगाडि सार्वजनिक गरेको ‘पछ्यौर’ बोलको गीत अंग्रेजी गीतसँग मिल्न गएपछि चोरीको आरोप लागेको हो ।

पछ्यौर’ गीत उनले १२ वर्षपछि आफ्नै शब्द, संगीत र स्वरमा ल्याएकी हुन् । उनको यो गीतको संगीत अमेरिकी गायक जेसन डेरुलोले ल्याएको गीत ‘टक डर्टी’ को संगीतसँग हुबहु मिलेको छ ।

एक साताअघि सार्वजनिक ‘पछ्यौर’ ३ लाख ४९ हजारभन्दा बढीले हेरेका छन् । इन्दिराको गीतमा प्रयोग भएका सुर तथा धुनसमेत टक डर्टीकै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?