एजेन्सी, असार २४ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहिबार पश्चिमी राष्ट्रहरूलाई चुनौती दिएका छन् । बिहीबार पश्चिमी देशहरूले आफ्नो देशविरुद्ध दशकौंदेखि आक्रामक व्यवहार गरेको आरोप लगाएका छन् ।
पुटिनले भने, ‘रुसलाई हराउने इच्छा छ भने युद्धको मैदानमा तपाईंहरुलाई स्वागत छ । तर यस्तो गर्दा युक्रेन त्रासदीतर्फ धकेलिनेछ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार भ्लादिमिर पुटिनको पछिल्लो बयान शुक्रबार इन्डोनेसियामा हुने जी–२० का विदेश मन्त्रीको बैठकभन्दा ठिक अघि आएको हो । यो बैठकमा रुसी विदेशमन्त्री सर्गेई लावारोव जी–२० को आफ्नो समकक्षीसँग बन्द कोठामा बैठक गर्ने भएका छन् ।
फेब्रुअरीमा युक्रेनमाथि हमलापछि पहिलो पटक रुसको यति ठूलो कुटनीतिज्ञले कहिल्यै पनि पश्चिमी देशको कुटनीतिज्ञसँग भेटघाट गरेका छैनन् ।




