अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आउन थाल्यो

`

     २०७९ आषाढ २३ गते २:१०

काठमाडौँ, २३ असार । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ओरालो लागेको छ । बिहीबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०१ डलरमा झरेको छ । गत जेठ १७ गते प्रतिब्यारेल १२४ डलर पुगेको थियो । त्यस्तै डब्लूटीआई तेलको मूल्य प्रतिब्यारेल ९८ डलरमा झरेको छ ।

कच्चा तेलको मागमा सुस्तता आएसँगै भाउ घट्न थालेको हो । हालै अमेरिकी बहुराष्ट्रिय लगानी बैंक सिटी ग्रुपको एक रिपोर्टले २०२२ को अन्त्यसम्म कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ६५ डलरसम्म आउन सक्ने चेतावनी दिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानी खर्च समेत बढ्न गई दैनिक उपभोग्य वस्तुको भाउ समेत बढ्न जान्छ । पेट्रोलियम पदार्थको मूल्यकै कारण हाल नेपालसहित कतिपय मुलुकमा मूल्यवृद्धि चुलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?