काठमाडौं, असार २३ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य १ हजार ४०० रुपैयाँले ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ थियो ।
हिजो बुधबार पनि सुनको मूल्यमा प्रतितोला १ हजार ६०० रुपैयाँ गिरावट आएको थियो । मंगलबार तोलामा ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० थियो । जुन बुधबार तोलामा १ हजार ६०० रुपैयाँले घटेर कारोबारमा आएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ कायम भएको छ ।




