भोलोडिमिर जेलिन्स्किी र बोरिस जोनसनबीच भेटवार्ता

`

     २०७९ आषाढ २२ गते ११:५६

काठमाडौँ, असार २२ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच कुराकानी भएको छ । उनीहरुका बीचमा युक्रेनको पछिल्लो सुरक्षाका सम्बन्धमा कुराकानी भएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले जानकारी दिए।

उनले मङ्गलबार ट्वीट गर्दै आफूले बेलायती प्रधानमन्त्रीसँग फोनमा कुराकानी गरेको र त्यस समयमा युक्रेनको अवस्था र शान्ति सुरक्षाका विभिन्न विषयमा कुराकानी भएको जानकारी दिएका हुन् ।

त्यस वार्ताका क्रममा आफूले बेलायती प्रधानमन्त्रीलाई धन्यवाद दिएको पनि बताए। बेलायत सरकारले हालैमात्र गरेको १ निर्णयमा युक्रेनलाई १.२ अर्ब अमेरिकी डलर बराबरको सुरक्षा सहयोग गर्ने निर्णय गरेको थियो ।

त्यसैका लागि आफूले बेलायत सरकारलाई धन्यवाद दिएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले जानकारी दिए ।

साथै आगामी वर्ष बेलायतले युक्रेनको पुनर्निर्माणसम्बन्धी विश्व सम्मेलनको आयोजना गर्न लागेको बताइएको छ । त्यसका लागि पनि आफूले बेलायत सरकारलाई धन्यवाद ज्ञापन गरेको राष्ट्रपति जेलिन्स्किीले जानकारी दिएको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?