सुनचाँदीको मूल्यमा गिरावट

`

     २०७९ आषाढ २२ गते ११:५३

काठमाडौँ, २२ असार । आज सुन-चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तैगरी, आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुन प्रतितोला ९७ हजार छ सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ घटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?