काठमाडौँ, २१ असार । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ सय रुपैयाँले उकालो लागेर ९७ हजार ६०० रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढ्दै १ हजार २०५ रुपैयाँ पुगेको हो ।
साथै, तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैयाँले नै बढ्दै ९७ हजार १ सय रुपैयाँ कायम भएको छ ।




