माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समिति बैठक सुरु

`

     २०७९ आषाढ २० गते १२:०४

काठमाडौँ, २० असार । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा सुरु भएको छ ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको १० पन्ने राजनीतिक प्रतिवेदनमा खुला छलफल हुने कार्यक्रम छ ।

प्रचण्डको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ उल्लेख गरिएको छ । यस्तै वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षा पनि संक्षेपमा गरिएको छ । यस्तै प्रचण्डले प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषय पनि उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?