बढुवा भएका १७ जना डीआईजीको पदस्थापन

`

     २०७९ आषाढ २० गते ८:४१

काठमाडौं, असार १९ । गृह मन्त्रालयले बढुवा भएका १७ जना डीआईजीको पदस्थापन गरेको छ । प्रदेश–१ मा सुदिप गिरी, बागमती प्रदेशमा किरण बज्राचार्य, गण्डकीमा रामदत्त जोशी र कर्णालीमा पोषराज पोखरेललाई पदस्थापन गरिएको छ ।

डीआईजी मीरा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन गरेर काज सरुवा गरिएको छ । मीरा चौधरीलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गृहमन्त्री बालकृष्ण खाणले डीआईजी पदस्थापनको निर्णय गरेका हुन् ।

डीआईजी वसन्त कुँवरलाई कार्य विभाग, टेकप्रसाद राईलाई आईजीपीको सचिवालय, अशोक सिंहलाई विशेष ब्यूरो, दिपक थापा प्रबन्ध निर्देशनालय र दुर्गा सिंहलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा पदस्थापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?