‘नेपहपको श्रीपेच’को उपाधि भाइवर साइमनले जिते

`

     २०७९ आषाढ १९ गते १०:३३

काठमाडौं, असार १९ । नेपालकै पहिलो हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइवर साइमनले जितेका छन् । शनिबार काठमाडौँ स्थित सोल्टी होटेलमा भएको फिनालेमा अन्य ४ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि उसले जितेका हुन् ।

उपाधिका लागि भाइवर साइमनसँगै काठमाडौंका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराई भिडेका थिए ।

उपाधि विजेता भाइवरले नगद १० लाख रुपैयाँको साथमा रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बीमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्ने मौका जितेका छन् ।

यस्तै दोस्रो भएका जेनिसले नगद ५ लाख रुपैयाँ र विश्व भ्रमण गर्ने अवसर पाएका छन् भने तेस्रो भएका बाबु बिलिभरले १ लाख नगद सँगै विश्व भ्रमण गर्ने मौका जितेका छन् । ८ हजार जनाको डिजिटल अडिसनपछि निर्णायकले ५ सय जनालाई भौतिक अडिसनको लागि छानेका थिए । भौतिक अडिसन पोखरा, चितवन, बुटवल, इटहरी र काठमाडौंमा भएको थियो ।

भौतिक अडिसनबाट निर्णायकले उत्कृष्ट १७ छानेर त्यसलाई पनि उत्कृष्ट १२ मा झारेका थिए । त्यसपछि भने भने हप्तामा १–१ जना गर्दै शो बाट प्रतिस्पर्धीहरू बाहिरिएका थिए ।

शो को निर्णायक गिरिस खतिवडा, मानस घले र बालेन शाह हुन् । साथै ‘नेपहपको श्रीपेच’को सफलता सँगै यस समूहले नयाँ ब्याटल शो ‘ब्याटल भूमि’को घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?