अमेरिकाले युक्रेनलाई थप ८२ करोड डलर बराबरको सैन्य सहयोग प्रदान गर्ने घोषणा

`

     २०७९ आषाढ १९ गते ८:३६
  • 3
    Shares

काठमाडौँ, असार १९ । अमेरिकाले युक्रेनलाई ८२ करोड डलर बराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने घोषणा गरेको छ । नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र रडारसहितका अन्य विभिन्न युद्ध सामग्री समावेश गरिएको छ ।

पछिल्ला दिनमा रूसले युक्रेनमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेर त्यहाँको जनजीवन अस्तब्यस्त पारेको छ भने युक्रेनी सेनामाथि पनि घण्टौँसम्म तोपगोलाले लगातार आक्रमण गरिरहेको छ ।

रूसी फौजको निरन्तर आक्रमणबाट भयभीयत भएका युक्रेनी नेताहरूले सार्वजनिक रूपमा पश्चिमा सहयोगीहरूलाई तत्काल थप गोला बारुद र आधुनिक हातहतियार उपलव्ध गराउन गरेको आह्वानको जवाफमा अमेरिकाले नयाँ सैन्य सहयोगको घोषणा गरेको हो ।

अमेरिकाले युक्रेनलाई हतियार र सैन्य प्रशिक्षणमा आठ अर्ब ८० करोड डलरभन्दा बढीको सैन्य सहयोगको प्रतिबद्धता गरेको छ ।

शुक्रबार औपचारिक रूपमा घोषणा गरिएको अधिकांश सहायता युक्रेन पुग्न हप्ता वा महिना लाग्नेछ । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नयाँ सैन्य सहयोग घोषणा गरेकामा अमेरिकी राष्ट्रपतिप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?