युरोपमा नेटो सेनालाई सुदृढीकरण गर्ने घोषणा

`

     २०७९ आषाढ १६ गते ८:०८

एजेन्सी, असार १६ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपमा नेटो सेनालाई सुदृढीकरण गर्ने घोषणा गरेका छन् । नेटो सैन्य गठबन्धनलाई पहिलेको भन्दा आज बढी आवश्यक भएको पनि उनले बताएका छन् ।

म्याड्रिडमा आयोजना भइरहेको ट्रान्सएट्लान्टिक गठबन्धनको शिखर सम्मेलनमा उनले भने, ‘नेटोलाई प्रत्येक क्षेत्र – जमिन, वायु र समुद्रमा सबै दिशामा बलियो बनाइनेछ ।

स्पेनमा अमेरिकी नौसैनिक डेस्ट्रोअरलाई ४ बाट ६ पु¥याउने उनले बताएका छन् ।अमेरिकाले जर्मनी र इटालीमा अतिरिक्त वायु रक्षा र अन्य क्षमता विस्तार गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?