काठमाडौं, असार १५ । उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित ऊर्जा पेट्रोल पम्पको काउन्टरबाट ५ लाख रुपैयाँ चोरी भएको छ ।
चोरी गरेको आरोपमा स्थानीय ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनीष सिलवाल पक्राउ गरेको छन् । काउन्टरको ताला फुटाई नगद ५ लाख ६१ हजार चोरेर भागेका उनीहरू बिहान फक्राउ पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट नगद ५० हजार ७ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।




