एजेन्सी, असार १४ । अमेरिकी राष्ट्रपति जो बाइडेन उनकी पत्नी र छोरीलाई रूस भ्रमणमा प्रतिबन्ध लगाएको छ । मस्कोले अन्य २३ अमेरिकीलाई पनि यात्रामा प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले मंगलबार जनाइएको छ ।
रुसी राजनीतिक र सार्वजनिक व्यक्तित्वविरुद्ध लगातार विस्तार भइरहेको अमेरिकी प्रतिबन्धको प्रतिक्रियाको रूपमा २५ अमेरिकी नागरिकलाई ’स्टप लिस्ट’मा थपिएको मन्त्रालयले सूचीसँगै रहेको नोटमा जानकारी दिइएको छ ।
यसमा धेरै विश्वविद्यालयका प्राध्यापक र अनुसन्धानकर्ता र अमेरिकी सरकारका पूर्वअधिकारी पनि सामेल रहेका छन् ।




