चीनद्वारा अफगानिस्तानका भूकम्प पीडितलाई मानवीय सहयोग

`

     २०७९ आषाढ १४ गते १२:३६

एजेन्सि, १४ असार । अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ ।

चिनियाँ अधिकारीहरूका अनुसार सहायता सामग्री सोमबार नै अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ ।

पहिलो खेपमा प्राप्त सामग्रीमा त्रिपाल, लत्ताकपडा, खाद्यान्न तथा औषधि छन् । अफगानिस्तानका लागि चीनका राजदूत वाङ युले राहत सामग्री तालिबान सरकारका प्रकोप व्यवस्थापनसम्बन्धी कार्यबाहकमन्त्री गुलाम घवासलाई हस्तान्तरण गरेका हुन् ।

काबुल विमानस्थलमा नै एक कार्यक्रमको आयोजना गरेर ती सामग्रीहरु हस्तान्तरण गरिएको हो । त्यस अवसरमा राजदूत वाङले अफगानिस्तानलाई पाँच करोड युआन उपलब्ध गराउने निर्णय चीन सरकारले गरेको जानकारी पनि दिएका थिए ।

यही असार ८ गतेको शक्तिशाली भूकम्पमा परी १ हजार १ सय ५० भन्दा बढीको ज्यान गएको र २ हजारभन्दा बढी घाइते भएका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?