एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक जारी

`

     २०७९ आषाढ १३ गते १:००

काठमाडौँ, १३ असार । नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय परिषद् बैठक सुरु भएको छ ।

प्रज्ञा भवन कमलादीमा सुरु भएको बैठकमा पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा छलफल हुनेछ ।

बैठकमा पार्टीका महासचिव डा. वेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ । सो अघि अध्यक्ष माधव नेपालले सम्बोधन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?