काठमाडौं, असार १३ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनचाँदीको भाउ बढेको जानकारी दिएको हो । महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ ।
जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ पुगेको छ ।
हिजो तोलामा १०० रुपैयाँले बढेको सुनको मूल्य आज ४०० रुपैयाँले बढेको हो । गत साताको शुक्रबार तोलामा ९७ हजार २०० रुपैयाँ रहेको छापावाल सुनको मूल्यमा हिजो १०० रुपैयाँको वृद्धि देखिएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ छ । हिजो तोलामा १ हजार २४५ रुपैयाँ मूल्य रहेको चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर कारोबारमा आएको हो ।




