काठमाडौं, असार १२ । साता कारोबारको पहिलो दिन आइतबार सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा प्रतितोला १०० रुपैयाँले वृद्धि भएको छ ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ छ । शुक्रबार छापावाल सुनको मूल्य ९७ हजार २०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ७०० रुपैयाँ थियो ।
यसैगरी, आज सुनको मूल्य बढेको दिन चाँदीको मूल्य पनि बढेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँ छ । जुन, गत साताको शुक्रबार १ हजार २४० रुपैयाँ थियो ।




