बन्दुक नियन्त्रण विधेयक अमेरिकी सिनेटबाट पारित, अमेरिकीलाई सुरक्षित बनाउने अपेक्षा

`

     २०७९ आषाढ १० गते ११:१८

एजेन्सि, १० असार । अमेरिकी सिनेटले बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ ।

यो विधेयक पारित गर्न १५ रिपब्लिकन सांसदले पनि साथ दिएका थिए । यसलाई कूल ६५ मध्ये ३३ मतले अनुमोदन गरियो ।

गत महिना न्युयोर्कको बफेलोको एक सुपरमार्केट र टेक्सासको उभाल्डेको एक प्राथमिक विद्यालयमा सामूहिक गोलीबारी भएको थियो, जसमा ३१ जनाले ज्यान गुमाएका थिए । यस्ता घटनाकै कारण अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुनको खाँचो औंल्याइएको थियो ।

यो विधेयक हाउस अफ रेप्रिजेन्टेटिभ ‘तल्लो सदन’ ले पारित गर्न बाँकी छ । तल्लो सदनबाट यो कानुन पारित भएपछि राष्ट्रपति जो बाइडेनले यसमा हस्ताक्षर गर्नेछन् ।

नयाँ कानुनमा २१ वर्षभन्दा कम उमेरका खरिदकर्ताको पृष्ठभूमिबारे कडा अनुसन्धान गरिने र ण्मानसिक स्वास्थ्य र विद्यालयको सुरक्षामा वृद्धिका लागि संघीय कोषमा १५ बिलियन डलर छुट्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?