काठमाडौं, असार ९ । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा १ विमानमा आगो लागेको छ । आगलागी भएको विमानमा १२६ यात्रु सवार थिए । समयमै उद्दार भएकाले विमानमा आगलागी भए पनि ३ यात्रु सामान्य घाइते भए भने बाँकी सबै यात्रु सुरक्षित रहे ।
मंगलबार अमेरिकी समयअनुसार साँझ साढे ५ बजे विमान अवतरणको क्रममा ल्याण्डिङ गियर भाँचिएको थियो त्यसपछि आगलागी भएको थियो । उक्त दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
राष्ट्रिय यातायात सुरक्षा बोर्डका अनुसार अनुसन्धान टोली दुर्घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
समाचार संस्था एपीका अनुसार रेड एयरको उक्त विमान डोमिनिकल रिपब्लिकबाट सेन्टो डोमिंगो आएको थियो ।




