विदेशका नेपालीलाई मतदानको अधिकार व्यवस्था गर्न थापा र शर्माको माग

`

     २०७९ आषाढ ०७ गते ३:३९

काठमाडौँ, ७ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न माग गरेका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर सर्वोच्च अदालतले समेत विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको बारेमा आदेश दिइसकेकाले सोहीअनुसार निर्णय गर्न आयोगको ध्यानाकर्षण गराएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?