एजेन्सी, असार ६ । युक्रेनसँगको युद्धका कारण लगाइएको प्रतिबन्धबीच रुस चीनलाई सबैभन्दा धेरै तेल बिक्री गर्ने मुलुक बनेको छ ।
मे महिनामा चीनले रुसबाट खरिद गरेको तेल ५५ प्रतिशत पुगेको छ र उसले साउदी अरबलाई उछिनेको छ ।
कोरोना महामारीका कारण तेलको मागमा कमी र सुस्त अर्थतन्त्रका बावजुद चीनले रुसबाट तेल खरिद बढाएको छ ।
चिनियाँ तेल कम्पनीहरूले हालैका महिनाहरूमा रूसबाट कच्चा तेल खरिद बढाएका छन् । यसमा दुई ठूला चिनियाँ कम्पनीहरू सिनोपाक र सेन्हुआ समावेश छन् ।
चिनियाँ भन्सारको सामान्य प्रशासनका अनुसार गत महिना रुसबाट चीनमा कूल ८४ लाख टन तेल आयात भएको थियो ।
मार्चमा अमेरिका र बेलायतले रुसी तेलमाथि प्रतिबन्ध लगाउने बताएका थिए । योसँगै युरोपेली संघले रुसको ग्यासमाथिको निर्भरता घटाउने बताएको थियो ।
अमेरिकी राष्ट्रपतिले तेल बिक्रीमा प्रतिबन्धले रुसको अर्थतन्त्रको मेरुदण्डमा चोट पुग्ने बताए । तेल निर्यात रूसको आयको मुख्य स्रोत हो, तर यसले पश्चिमी देशहरूलाई पनि असर गर्नेछ ।




