गठबन्धन कायमै रहन्छ : माधव नेपाल

`

     २०७९ आषाढ ०५ गते ३:५१

काठमाडौँ, ५ असार । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायमै रहने बताएका छन्।

‘आगामी चुनावमा एउटै पार्टीको बहुमत आउने सम्भावना कम छ, हाम्रो निर्वाचन प्रणालीनै त्यस्तै खालको छ’, उनले भने, ‘कुनै एक पार्टीको बहुमति नआउने भएकाले हामीले मिलेरै जानूको विकल्प छैन।’

यस्तै उनले आगामी चुनावमा सिट बाँडफाँटमा ढिलाई हुन नहुने जिकिर गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?