अर्थमन्त्री र विश्व बैङ्ककी प्रबन्ध निर्देशकबिच भेटवार्ता

`

     २०७९ आषाढ ०५ गते २:१०

काठमाडौँ, ५ असार । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेट भएको छ । अर्थमन्त्रालयमा आइतबार बिहान ११ बजे भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए ।

‘नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाको रुपमा रहिआएको छ’ भेटमा उनले भने । विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १ सय २२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिएका थिए ।

भेटमा विश्व बैंककी प्रबन्ध निर्देशक पान्जेस्तुले नेपालको विकास साझेदारको रुपमा सहभागी हुन पाउँदा खुसी लागेको जनाउदै अब आउने दिनमा पनि वित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पुर्‍याउने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?