काठमाडौँ, असार ५ । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्न १० अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान गरेको छ। अघिल्लो निर्वाचनभन्दा ३ अर्ब बढी खर्च अनुमान गर्दै आयोगले कात्तिक ३० गते बुधबार प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नेगरी गृहकार्य सुरु गरेको हो ।
कात्तिक २७ वा मंसिर ४ गते सम्म निर्वाचन गर्नेगरी सरकारले आन्तरिक गृहकार्य थालेका छ। २०७४ मंसिरमा २ चरणमा भएको निर्वाचनमा आयोगले ७ अर्ब खर्च गरेको थियो ।
आयोग पदाधिकारीहरूको केही दिनअघि बसेको अनौपचारिक बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्च, मितिसहितको प्रस्ताव तयार पारेको हो ।




