सुनचाँदीको मूल्यमा गिरावट

`

     २०७९ आषाढ ०५ गते ११:४१

काठमाडौँ, ५ असार । साताको पहिलो दिन आज सुन-चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला तीन सय रुपैले गिरावट आएर ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

गत साता शुक्रबार सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?