श्रीलङ्काकाको आर्थिक सङ्कटबाट देशलाई पार लगाउनका लागि प्रधानमन्त्रीले आर्थिक पुनरुत्थानको मार्गचित्र प्रस्तुत गर्ने

`

     २०७९ आषाढ ०३ गते १२:१४

एजेन्सि, ३ असार । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले वर्तमान आर्थिक सङ्कटबाट देशलाई पार लगाउनका लागि छिट्टै संसद्मा मार्गचित्र प्रस्तुत गर्ने भएका छन् ।

विक्रमासिङ्घेले वर्तमान आर्थिक अवस्थाबारे छलफल गर्न बिहीबार राति भेटेका सांसद्हरूबाट प्रस्ताव र सुझाव लिएर यो रोडम्याप बनाइने बताए ।

बिहीबार राति अर्थ मन्त्रालयका सचिव महिन्दा सिरिवर्द्धनाले वर्तमान आर्थिक सङ्कटबाट बच्न सरकारको अल्पकालीन र मध्यकालीन रणनीतिबारे सांसद्हरूलाई जनाकारी दिएका हुन् । पछिल्लो समय श्रीलङ्का स्वतन्त्र भएपछि सबैभन्दा गम्भीर आर्थिक सङ्कटको सामना गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?