काठमाडौँ, ३ असार । शुक्रबार सुनको मूल्य उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुन तोलामा ५०० सय रुपैयाँले बढेर ९७ हजार ८०० रुपैयाँ पुगेको छ । बिहिवार ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्यमा पनि आज ५०० रुपैयाँले नै बढ्दै ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा तोलामा १० रुपैयाँले मात्र बढ्दै १ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




