प्रधानसेनापति प्रभुराम शर्मालाई संसदीय समितिले छलफलमा बोलायो

`

     २०७९ आषाढ ०२ गते ८:२४

काठमाडौं, असार २ । नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी)का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि संसदीय समितिले प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको जनाइएको छ । बुधबार अमेरिकी दूतावासले नेपाल एसपीपीको अंग भइसकेको बताएको थियो । त्यसको केही घण्टापछि नेपाली सेनाले विज्ञप्ति जारी गर्दै कुनै पनि सैन्य गठबन्धनमा नरहेको जनाएको थियो । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि शुक्रबार बिहान ९ बजे बोलाएको हो ।

तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासलाई स्टेट पार्टनरसिपमा सहभागी हुन पत्र लेखेको सार्वजनिक भएको छ । सो पत्र सार्वजनिक भएसँगै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?