काठमाडौं, असार १ । साथीहरुसँग बाख्रा चराउन गएका वेला गाउँ नजीकैको पोखरीमा नुहाउने क्रममा सिरहामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको नरहा गाउँ पालिका ३ खोरीयाका मोहम्वद अकवर मियाँकी छोरी करिव ११ वर्षिय गुडिया खातुनको बुधबार अपरान्ह पोखरीमा डुबेर मृत्यु भएको हो ।
साथीहरुसँग बाख्रा चराउन गएकावेला गाउँ नजीकैको पोखरीमा नुहाउने क्रममा डुबेको वडा अध्यक्ष मोहम्वद रुस्तम अन्सारीले जानकारी दिए । उनका अनुसार बच्चा डुबेको खवर पाउनासाथ गाउँबाट युवाहरु गएर उद्धार गरी जिल्लाकै धनगढीमाई नपा ९ मा रहेको आरके मेरीसीटी अस्पतालमा उपचारको लागि लगेको भएपनि अस्पतालले मृत घोषणा गरेको बताए । शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहको प्रहरीको भनाइ रहेको छ ।




