बागमती प्रदेशमा आगामी आर्थिक वर्षदेखि दुग्ध पाउडर प्लान्ट सञ्चालनमा ल्याइने

`

     २०७९ आषाढ ०१ गते ५:१७

काठमाडौँ असार १ । सरकारले बागमती प्रदेशमा आगामी आर्थिक वर्षदेखि हेटौंडामा निर्माणधिन दुग्ध पाउडर प्लान्ट सञ्चालनमा ल्याउने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले सरकारले त्यसका लागि आवश्यक बजेट ल्याउने बताएका हुन् ।

उनले काभ्रे जिल्लामा पनि मिनी दुग्ध पाउडर प्लान्ट स्थापना गर्ने गरी बजेट विनियोजन गरिएको बताए । यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदानहरू बाहेक सबै अनुदान खारेज गर्ने घोषणा उनले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?