काठमाडौँ, १ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध गर्न नौं वटा कम्युनिस्ट दलले माग गरेका छन् ।
नेकपा–क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगयातले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका भ्रमणको क्रममा प्रधानमन्त्री देउवबाट राष्ट्रघाती सम्झौताहरू हुन सक्ने भन्दै उनको भ्रमण रद्ध गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि अमेरिकाको हस्तक्षेप एकाएक बढेको र त्यसको सहजकर्ता प्रधानमन्त्री देउवा भएको उल्लेख छ ।




