काठमाडौँ, ३१ जेष्ठ । आज सुनको मूल्यमा गिरावट आएको छ ।
सोमवार प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार थप १८ सय रुपैयाँले घटेर ९७ हजार एक सय रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १८ सय रुपैयाँले नै घट्दै ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २० रुपैयाँले घट्दै प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




