सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत : उपमहासचिव ज्ञवाली

`

     २०७९ ज्येष्ठ ३० गते ४:०४

काठमाडौँ, ३० जेष्ठ । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भएको बताएका छन् ।

उनले वर्तमान गठबन्धन सरकार बन्दै गर्दा नेपाली जनताको हित र राष्ट्रको हितमा काम गर्ने भन्दा पनि अन्य देशको लागि कम्फर्टेबल बन्नेगरी अगाडि बढेको आरोप लगाए । सरकारले शुरुमा नै चीनसँग कृत्रिम सीमा विवादको विषय निकालेर गल्ती गरेको बताए ।

उपमहासचिव ज्ञवालीले सरकारले एउटा छिमेकी राष्ट्रलाई खुशी पार्ने र अर्कोलाई चिढ्याउने काम गरेको आरोप लगाए । ज्ञवालीले सरकारलाई विदेशी ऋण लिँदा नेपालको हित र राष्ट्रिय आवश्यकतालाई हेरेर लिन सुझाव दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?