काठमाडौँ, २९ जेष्ठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) मा सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरूद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग गरेका छन्।
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद अधिकारीले २४ लाख कोभिडविरूद्धको खोप सरकारले कमिसन लिएको कारण हराएको आशंका गर्दै त्यसबारे संसदमा यथार्थ जानकारी गराउन सरकारसँग माग गरे।
आफू स्वास्थ्यमन्त्री भएकै बेला एचआइभी एड्सदेखि क्यान्सरसम्मका १३९ वटा औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गर्दै सांसद अधिकारीले त्यसबारे अरू थप भ्रम नछर्न पनि सरकारलाई चेतावनी दिए।
उनले भने, ‘२४ लाख खोप कहाँ गयोरु हामीले उठाइराखेका छौं। समितिमा उठाएका छौं। सम्माननीय प्रधानमन्त्रीज्यूकोमा गएर भनिएको छ। त्यो २४ लाख खोप कम्पनीबाटै कमिसनमा हराएको होरु सभामुख महोदय। त्यसको जवाफ चाहिँदैन। निःशुल्क औषधिको कुरा चल्यो। म स्वास्थ्यमन्त्री हुँदा नै ७२ वटा त नयाँ औषधि निःशुल्क बनाएको हो। १ सय ३९ वटा औषधि त त्यतिबेलै निःशुल्क गरिएको थियो एचआइभी एड्सदेखि क्यान्सरसम्मका। अनि अहिले यहाँ केरके गरे भनेर भ्रमको खेती गरिँदैछ। यसको जवाफ चाहिएन सभामुख महोदय। गत आर्थिक वर्षको भन्दा २२ प्रतिशत बढी बजेट कम गरिएको छ। त्यसप्रति मेरो आपत्ति छ।’




