संयुक्त अधिराज्य बेलायतको शैक्षिक कार्यक्रम ‘स्कुल इन्टरप्राइज च्यालेन्ज प्रतियोगिता—२०२२’ मा दोस्रो भई रजत पदक विजेता बेबिलोन नेशनल स्कुलका विद्यार्थीलाई पुरस्कार वितरण गर्दै आविष्कारक पुनले हरेक विद्यार्थी विद्यालय जीवनदेखि नै उद्यमशील र सिर्जनात्मक भएमात्र जागीरको लागि कतै भौंतारिन नपर्ने र भविष्यमा सफल व्यवसायी बन्न सक्ने बताए ।

‘सकभर अरुको काम गर्ने होइन, आफैं उद्यमी बनेर नयाँ व्यवसाय सिर्जना गरी अरुलाई रोजगारी दिँदै देशको अर्थतन्त्रमा टेवा पुर्याउन सकिन्छ, पुनले भने । ‘सकभर आफैं उद्यमशील बन्नु, सकिएन भने मात्रै जागीर खोज्नु’—उनले भने ।

आविश्कारक पुनले ‘स्कुल इन्टरप्राइज च्यालेन्ज प्रतियोगिता—२०२२’ का विजेता बेबिलोन नेशनल स्कुल, प्रिन्सिपल राजु राई, संयोजक अनिता सिग्देलका साथै विद्यार्थीहरुलाई सो पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा बेबिलोन फाउण्शेनका अध्यक्ष तेज बहादुर राईले ‘स्कुल इन्टरप्राइज कार्यक्रम’ले विद्यार्थीलाई पढ्दै उत्पादनशील कार्य गर्ने वातावरण बनाईदिएको बताए ।

बेबिलोन नेशनल स्कुलका विद्यार्थीले खेर गएका पत्रपत्रिका र कागजलाई पुर्नप्रयोग गरि पेन्सिल होल्डर बनाई त्यसलाई शिक्षक र अभिभावकलाई विक्री गरेर आयआर्जन गरि प्रतियोगितामा दोस्रो भई बेलायतबाट रजत पदक जितेको कार्यक्रमकी संयोजक अनिता सिग्देलले बताइन् ।

" /> आफैं उद्यमी बनेर देशको अर्थतन्त्रमा टेवा पुर्‍याउनु पर्छ : महावीर पुन - Sarbocha Media

आफैं उद्यमी बनेर देशको अर्थतन्त्रमा टेवा पुर्‍याउनु पर्छ : महावीर पुन

`

     २०७९ ज्येष्ठ २८ गते ११:५३

काठमाडौँ, २८ जेष्ठ । राष्ट्रिय आविश्कार केन्द्रका संस्थापक तथा मिनी नोवेल पुरस्कारको रुपमा परिचित ‘रोमन म्यागासासे पुरस्कार’ विजेता आविश्कारक महावीर पुनले शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलमा शुक्रबार आयोजित एक कार्यक्रममा स्कुल पढ्दादेखि नै उद्यमशील र सिर्जनशील बन्न सुझाव दिएका छन् ।

संयुक्त अधिराज्य बेलायतको शैक्षिक कार्यक्रम ‘स्कुल इन्टरप्राइज च्यालेन्ज प्रतियोगिता—२०२२’ मा दोस्रो भई रजत पदक विजेता बेबिलोन नेशनल स्कुलका विद्यार्थीलाई पुरस्कार वितरण गर्दै आविष्कारक पुनले हरेक विद्यार्थी विद्यालय जीवनदेखि नै उद्यमशील र सिर्जनात्मक भएमात्र जागीरको लागि कतै भौंतारिन नपर्ने र भविष्यमा सफल व्यवसायी बन्न सक्ने बताए ।

‘सकभर अरुको काम गर्ने होइन, आफैं उद्यमी बनेर नयाँ व्यवसाय सिर्जना गरी अरुलाई रोजगारी दिँदै देशको अर्थतन्त्रमा टेवा पुर्याउन सकिन्छ, पुनले भने । ‘सकभर आफैं उद्यमशील बन्नु, सकिएन भने मात्रै जागीर खोज्नु’—उनले भने ।

आविश्कारक पुनले ‘स्कुल इन्टरप्राइज च्यालेन्ज प्रतियोगिता—२०२२’ का विजेता बेबिलोन नेशनल स्कुल, प्रिन्सिपल राजु राई, संयोजक अनिता सिग्देलका साथै विद्यार्थीहरुलाई सो पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा बेबिलोन फाउण्शेनका अध्यक्ष तेज बहादुर राईले ‘स्कुल इन्टरप्राइज कार्यक्रम’ले विद्यार्थीलाई पढ्दै उत्पादनशील कार्य गर्ने वातावरण बनाईदिएको बताए ।

बेबिलोन नेशनल स्कुलका विद्यार्थीले खेर गएका पत्रपत्रिका र कागजलाई पुर्नप्रयोग गरि पेन्सिल होल्डर बनाई त्यसलाई शिक्षक र अभिभावकलाई विक्री गरेर आयआर्जन गरि प्रतियोगितामा दोस्रो भई बेलायतबाट रजत पदक जितेको कार्यक्रमकी संयोजक अनिता सिग्देलले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?