आजबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई बुस्टर डोज दिइने

`

     २०७९ ज्येष्ठ २७ गते ९:५१

काठमाडौँ, २७ जेष्ठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिने भएको छ । पहिलो चरणमा जुन खोप लगाइएको हो, त्यही खोप दोस्रो चरणमा लगाइनेछ ।

यसअघि यो उमेर समूहका बालबालिकालाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो ।

मन्त्रालयका अनुसार पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यालयमा सम्पर्क राखेर खोप लगाउन जान सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?