फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीकै पहल आवश्यक : गगन थापा

`

     २०७९ ज्येष्ठ २५ गते ३:३८

काठमाडौँ, जेष्ठ २५ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंलाई फोहोरमुक्त बनाउने अभियानमा विशेष पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै काठमाडौं क्षेत्र नम्बर ४ का सांसदसमेत रहेका थापाले शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्रै यहाँको फोहोरको व्यवस्थापन गर्न नसक्ने बताए ।

‘काठमाडौंको फोहोर व्यवस्थापनको सन्दर्भमा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको काममा मद्धत गर्नु हामी सबैको कर्तव्य हो । तर कतिपय कुरा दुईटा निकायले मात्रै चाहेर गर्न सकिने अवस्था छैन’ उनले भने, ‘कति स्रोत साधनको कुरा गर्न, कानुन, नियमको गाँठो फुकाउन सम्माननीय प्रधानमन्त्रीज्यूले नै पहलकदमी लिनुपर्नेछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?