काठमाडौँ, २४ जेष्ठ । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको ८ सदस्यको लागि मंगलबार निर्वाचन भइरहेको छ ।
काठमाडौं महानगरपालिकाको कार्यपालिका ४२ सदस्यीय हुनेछ । जसमा मेयर, उपमेयर र ३२ वटा वडाका वडाध्यक्ष पदेन सदस्य हुनेछन् । अरु ८ जना भने निर्वाचनबाट चयन हुनेछन् । मेयर, उपमेयरस, वडाध्यक्ष र वढासदस्यसमेत गरी १६१ मतदाताले आठ जना कार्यपालिका सदस्य चयनका लागि मतदान गर्नेछन् ।
काठमाडौं महानगरपालिकामा १६१ जनप्रतिनिधिमध्ये कांग्रेसको ९३, एकीकृत समाजवादीका ५ गरी सत्ता गठबन्धनमा ९८ जना छन् । त्यस्तै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि ६२ जना छन् भने मेयर बालेन साह स्वतन्त्र हुन् ।




