काठमाडौँ, २४ जेष्ठ । आज मंगलबार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६०० रुपैयाँले घट्दै ९७ हजार ५०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य समेत तोलामा ६०० रुपैयाँले नै घट्दै ९७ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले घट्दै आज एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




