नाइजेरियाको चर्चमा गोली चलाउँदा ५० जनाको मृत्यु

`

     २०७९ ज्येष्ठ २३ गते २:४७

काठमाडौँ, २३ जेष्ठ । नाइजेरियाली सरकारले आइतबार देशको दक्षिणपश्चिमी भागमा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ५० जनाको ज्यान गएको जनाएको छ ।

घटनालाई ‘ठूलो नरसंहार’ भन्दै ओन्डो राज्यका गभर्नर अरकुन्रिन ओलुवारोतिमी अकेरेडोलुले घटनास्थल र घाइतेहरूको अस्पतालमा निरीक्षण गरेका छन् ।

पेन्टेकोस्टको इसाई चाडमा भएको आक्रमणको पोप फ्रान्सिसले निन्दा गरेका छन् । उनले पीडित र नाइजेरियाका लागि प्रार्थना गर्ने बताएका छन् ।

राष्ट्रपति मुहम्मदु बुहारीले पीडितले न्याय पाउने बताएका छन् । नाइजेरिया जिहादीहरू र आपराधिक गिरोहले लामो समयदेखि हिंसात्मक आक्रमण गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?