काठमाडौं, जेठ २३ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको जानकारी दिएको छ । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार १०० रुपैयाँ छ ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ छ । हिजो आइतबार ९७ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ४०० रुपैयाँ थियो ।
गत साताको तुलनामा हिजो सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको थियो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । महासंघका अनुसार १२ सय ९० रुपैयाँ प्रतितोला छ । जुन, हिजो आइतबार १२ सय ७५ रुपैयाँ थियो ।




